विश्वकप छनोट प्ले–अफका लागि नेपालको १५ सदस्यीय टोली घोषणा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्ले–अफ २०२६ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली चयन गरिएको हो।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी र अभिषेष गौतम रहेका छन्।


विश्वकप छनोट प्ले–अफ २०२६ का लागि नेपालको टोलीः

– सन्दीप लामिछाने (कप्तान)
– आसिफ शेख
– अर्जुन कुमाल
– ईशान पाण्डे
– देव खनाल
– कुशल भुर्तेल
– राशिद खान
– रोहित पौडेल
– दीपेन्द्रसिंह ऐरी
– गुलशन झा
– बासिर अहमद
– करण केसी
– नन्दन यादव
– ललित नारायण राजवंशी
– अभिषेष गौतम