कृष्णभीरमा नयाँ खोलिएको ट्रयाकमा माथिबाट पहिरो खस्यो


चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडकको नदी साइडतर्फको ग्याबियन केही तल झरेको छ । नयाँ खोलिएको ट्रयाकमा माथिबाट खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।

हाल सञ्चालनमा रहेको सडकको माथिल्लो भाग तथा संरचनामा कुनै समस्या नदेखिएको पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

लगातार वर्षा भइरहेका कारण पृथ्वी राजमार्गमा स्थानीय प्रशासनले यातायात सञ्चालनमा पूर्ण रोक लगाएको छ। परेवाभीर, कमेरोभीर र चालिसे क्षेत्रमा पहिरो खस्न सुरु भएका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको हो।