पशुपतिनाथको मन्दिर सफा राख्न पनि छिमेकी मुलुकसँग गुहार !



काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न भारत सरकारले सहयोग गर्ने भएको छ । त्यस सम्बन्धी सम्झौतापत्रमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौँ महानगरका तर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासका तर्फबाट डेभलपमेन्ट को–अपरेशन काउन्सिलर डा प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजनाअन्तर्गत भारतीय दूतावासको तीन करोड ७२ लाख ३१ हजार १६२ र काठमाडौँ महानगरको एक करोड ४५ लाख ७९ हजार १४४ रुपैयाँ लागत सहभागिता रहने परियोजनाको लागत पाँच करोड १८ लाख १० हजार ३०६ रुपैयाँ रहेको छ ।

सम्झौताबमोजिम परियोजनाको सञ्चालन पशुपति क्षेत्र विकास कोष, परियोजना कार्यान्वयन काठमाडौँ महानगरपालिका र अनुगमन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछन् । परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहरमैला व्यवस्थापनको काम हुनेछ ।

परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर पशुपतिनाथ क्षेत्रको सरसफाईका लागि भारतसँग सहयोग लिएको भन्दै त्यसको विरोध भएको छ । पूर्वमुख्यसचिव लिलामणि पौडेलले सरसफाईका लागि सहयोग लिनु अनुचित भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन र हिमाली जीवनका विषयमा विशेष संवाद(फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा

तस्बिरमा हल्चोक आकाश भैरवको १२ वर्षे नाच

श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्राको क्रममा बुधबार काठमाडौँ १८ वडास्थित ताम्सीपाखामा

लोमान्थाङ पर्यटकका लागि लो राज्य छँदाका राजाहरुको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै

  धर्मेन्द्र झा, लोमान्थाङ (मुस्ताङ) । म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै

तस्बिरमा हेर्नुस्, हिमाली मरुभूमिका रूपमा परिचित उपल्लो मुस्ताङ

हिमाली मरुभूमिका रूपमा चिनिने उपल्लो मुस्ताङको चलिङ–३ बाट देखिएको हरियाली । तस्बिरः धर्मेन्द्र