निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सूर्य, नेपाली कांग्रेसले रुख, समाजवादी पार्टीले पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीले नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हलो, राष्ट्रिय जनमोर्चाले गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल सङ्घीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्र्याक्टर चुनाव चिह्न प्राप्त गरेको आयोगले जनाएको छ ।

यसैबीच आयोगले निर्वाचनको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन्। त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । आगामी माघ ९ गते निर्वाचन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं। ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’

सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ

-डा. बाबुराम भट्टराई । माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच