‘नेकपाका दुबै अध्यक्ष जाली र पदलोलुप हुन् भन्ने उहाँहरू आफैंले परस्पर स्वीकार गरेको तथ्य हो’



नारायण गाउँले ।

नेकपा कार्यकर्ताको नाममा दुई शब्द !
-नेकपाका दुबै अध्यक्ष जाली, भ्रष्ट, षड्यन्त्रकारी र पदलोलुप हुन् भन्ने अरू कसैले होइन, उहाँहरू आफैले परस्पर स्वीकार गर्नुभएको तथ्य हो ।
-‘यति’देखि वाइडबड़ी र ओम्नीसम्मका भ्रष्टाचारमा सरकारको संलग्नता पनि पार्टीकै सचिबालयको बहुमतले स्वीकार गरेको र दस्ताबेजीकरण गरेको अवस्था छ ।

-राष्ट्रपति राष्ट्रको नभएर एउटा पार्टीको, त्यसमा पनि एउटा गुट या एउटा व्यक्तिको बढ़ी भएको सत्य पनि दलदास बाहेक सबैलाई थाहै छ ।
-दलदेखि सरकारसम्मको रिमोट देशबाहिर रहँदै आएको त थाहा थियो तर यसअघि अलिकति पर्दा, अलिकति लाज र अलिकति डर हुन्थ्यो, आज त्यो पर्दा र लाज समेत हटेको पनि सबैले देखेकै सत्य हो ।

-वैदेशिक हस्तक्षेप एकै दिनमा यत्तिकै हुने होइन, यसै गरी ढोका खोल्दै गएपछि त्यो संस्थागत बन्ने हो भन्ने पनि धेरैलाई थाहा नै होला ।
-नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हडप्ने जस्तो उच्च नैतिक धरातल भएकाहरू जेलमा या ढुकुटीको मुखमा, कहाँ छन् भन्ने पनि नाङ्गो आँखाले देख्न सकिने सत्य हो ।

-कोभिड़, जनस्वास्थ्य, गरिबी, बेरोजगारी, भ्याक्सिन, मल, खानेपानी र विकास जस्ता विषयमा रातदिन सिंहदरबारमा घोटिनुपर्ने प्रधानमन्त्री महिनौंदेखि बालुवाटारमा बसेर तोड्ने र फोड्ने षड्यन्त्रमा व्यस्त रहेको पनि नाङ्गो सत्य नै हो ।

-ओम्नी र सेनामार्फ़त किनिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको त संसदीय समितिले समेत स्वीकार गरेकै थियो । तैपनि स्वास्थ्यमन्त्री नफेरिनु र पार्टी समहमति नै भङ्ग हुने गरी अर्थमन्त्रालयमा ‘यसम्यान’ राख्ने हठ आउँदै गरेको भ्याक्सिन खरिद र कमिशनको खेल हो भन्ने पनि नलुकेको सत्य हो ।

अब भन्नुस्, मिलापत्र, सम्झौता या सहमतिले गर्ने के हो ? यिनै भ्रष्टाचार, षड्यन्त्र र स्वार्थलाई ढाकछोप गर्ने र अनियमिततालाई थप मजबुत बनाउने होइन ? यो लड़ाइँ तैंले मात्रै खाने र म किन हेरिरहने भन्नेमा होइन ? सम्झौता भनेको बाँडेर खाऊँ भन्ने होइन ? के तपाईंका नेताले भनेका शब्द र आरोप झूठा हुन् ? हुन् भने यस्तरी झुटो बोल्नेलाई फेरि महान् नेता मान्न तपाईंको आत्माले सराप्दैन ?

तपाईंहरूले बाकसमा भोट खसाल्नुभएको हो, विवेक होइन । पार्टीको शीर्ष तहमैं भ्रष्टाचारको पोल यसरी छताछुल्ल हुँदा घरको समस्या घरभित्रै हल गर्नुपर्छ भन्नु र मिलेर जानुपर्छ भन्नु प्रकारान्तरले विवेकको बलि दिनु हो । याद राख्नुस्, तपाईंको घर पार्टी होइन, देश हो । र पार्टी केही जालीहरूले एक्लै या मिलेर जालझेल गर्ने सम्झौता गर्दैमा बच्ने होइन । जालझेलमुक्त बनेर मात्रै बच्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ बनाउने सहमति

काठमाडौं । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार

सुरुमा गति लिएपनि अहिले सरकार बरालियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत

एमालेमा वरिष्ठ उपाध्यक्ष नराख्ने, पदाधिकारी ११ मा सीमित गर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको

विधान विपरीत भएका निर्णयहरु सच्याउन पार्टी नेतृत्वलाई राप्रपाका चार नेताको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका चार नेताले विधानको खुल्लम खुल्ला उल्लंघन र स्वेच्छाचारी