कोरोनाविरुद्धको खोप ल्याउनेतर्फ ध्यान केन्द्रित गर्न सरकारलाई भट्टराईको सुझाव



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोप अंग्रेजी नयाँ वर्षको शुरूमै आउने चर्चा भैरहेको भन्दै खोप ल्याउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।

मंगलवार सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले मोडेर्ना, फाइजरलगायत कम्पनीले विकास गरेका खोप एक डेढ महिनामै आउने भन्दै सरकारलाई कानमा तेल हालेर नबस्न सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘कोरोनाविरूद्धको खोप मोडेर्ना, फाइजर लगायत कम्पनी र रूस,चीन लगायत देशले परीक्षण र विकास गरिरहेको र इस्वी नयाँ बर्ष सँगसँगै बजारमा आइसक्ने चर्चा भैरहँदा हाम्रो सरकार पहिले झैं कानमा तेल हालेर नसुतोस् ! शुरूमा धनी देशले ओगट्ने हुँदा गरीब देशले डब्लूएचओमार्फत लिने कि ? मु..सक्यो दैलो देख्यो नहोस् !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा