कांग्रेसले भन्यो-हुम्लामा सीमा मिचिएको प्रमाणमाथि कम्युनिस्ट सरकारको गम्भीर राष्ट्रघात !



काठमाडौं । नेपाली कांग्रेसले हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वको अध्ययन कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै कांग्रेसले सरकारको यो हतारो टिप्पणी भएको बताएको हो ।

कांग्रेसले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छंदै ‘सिमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ ।’

कांग्रेसले यसबारे तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न बनायो तीन सदस्यीय समिति

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन

मुग्लिन-पोखरा सडकको पूर्वी खण्डको काम नसकिँदै सकियो तेस्रो पटक म्याद

दमौली।  मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद

पोखरा विमाननस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो

घुसकाण्डबारे मन्त्री अधिकारीको प्रष्टीकरणः जुन औंलामा विष लाग्छ, त्यही औंला झर्छ. त्यो कुरा यहाँहरुले बुझ्नुहुनेछ

काठमाडौं । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री बलराम अधिकारीले आशंकाका भरमा नभई