समस्या बालुवाटारमा, धर्ना धुम्बाराहीमा !



काठमाडौं । पार्टी भित्र देखिएको विवाद छलफल तथा वार्ताको माध्यमबाट टुंगो लगाउन माग गदै सत्तारुढ नेकपाका केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने भन्दै नेतृत्वलाई खबरदारी गर्न उनीहरु धर्नामा बसेका हुन् । नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन् । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उनले सामूहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए।

अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि विधानभन्दा व्यक्ति प्रधान भएर अगाडी बढ्दा यस्तो समस्या आएको बताइन् । मदन जयन्तीका अवसरमा भारतले आफूलाई हटाउन लागेको भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । जारी स्थायी कमिटी बैठकमा उनको राजीनामा मागिएको छ । त्यसपछि प्रधानमन्त्री रुष्ट भएका छन् ।

उनले कसैसँग परामर्श नै नगरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेर राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी छन् । आफूलाई हटाउन लागिएको भन्दै ओलीले दल विभाजनका लाग सजिलो हुने गरी अध्यादेश ल्याई पार्टी विभाजन गर्नसक्ने आँकलनसमेत गरिएको छ ।

त्यसपछि नेकपाका केन्द्रीय सदस्यहरु नेतृत्वलाई सहमतिमा अघि बढ्नका लागि खबरदारी गर्न धर्नामा बसेका छन् । यसैबीच पार्टीमा देखिएको विवाद समाधानका लागि दुई अध्यक्ष ओली र प्रचण्ड शुक्रबार दिउँसो तीन घण्टा वार्तामा बसेका छन् । तर वार्तामा कुनै सहमति नजुटेकाले शनिबार स्थायी कमिटी बैठक अघि फेरि दुई अध्यक्षबीच छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको कार्यशैलीप्रति कांग्रेस सांसदहरु असन्तुष्ट, माओवादीसँग गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई श्रम ऐनले विभेद गरेको छैनः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट

सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन र हिमाली जीवनका विषयमा विशेष संवाद(फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा