काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ३२१५ रुपैयाँ मूल्य कामय भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया