अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन : ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन् । महासंघको जारी साधारणसभाका क्रममा शुक्रबारको बन्द सत्रमा उनले भने, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।” उनको यो मन्तव्यको आसय उनका अर्का प्रत्यासीसँग आफ्नै एजेण्डा र भिजन नरहेको र उनले चुनावको अन्तिम दिनसम्म पनि आफ्नो नभएर अर्कैको एजेण्डामा रहेको भन्ने थियो ।

ढकालले भने, “म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, म सँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”
उनले महासंघमा हुने विजय या पराजय सफलता र असफलता नहुने बताए । सो क्रममा चन्द्रप्रसाद ढकालले भने “महाधिवेशन पछि पनि हामि टाढा हुने छैनौ हाम्रो ब्यापार र हाम्रो उद्यमले हामीलाई जोड्ने नै छ ।”

ढकालले आधा शताब्दी लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्नका लागि निजी क्षेत्रको विकास गर्ने एजेण्डा र भिजन भएको वास्तविक व्यवसायि नै आउनु पर्ने बताए । राजधानीमा मंसिर ११ गतेबाट सुरुभएको महासंघको ५४ औं साधारणसभामा बोल्दै ढकालले आम उद्योगी व्यवसायीको वास्तविक एजेण्डालाई प्राथमिकता नदिएर अरु कसैको आडभरोसामा उमेद्वारी दिएका व्यक्तिले महासंघलाई नयाँ गति दिन नसक्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी

रसुवामा बाढीले क्षतिग्रस्त संरचना निर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

काठमाडौं  । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मङ्गलबार बिहान चीनको

बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

तनहुँ । तनहुँ जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक