प्रिओपन सेसनमै नेप्से परिसूचकको अलटाइम हाइ रेकर्ड तोडियो



काठमाडौं । बिहीबार नेप्से परिसूचकको अलटाइम हाइ रेकर्ड तोडिएको छ । आज प्रिओपन सेसनमानै रेकर्ड तोडिएको हो । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ६४.७० अंक बढेर अलटाइम हाइ १८८१ विन्दुभन्दा ७ अंक तल अर्थात् १८७४.८१ विन्दुमा बन्द भएको नेप्सेले आज प्रिओपन सेसनमा नै रेकर्ड तोडेको हो ।

आज प्रिओपन सेसनमा नेप्से १९.६९ अंक बढी १८९४.७९ विन्दुमा पुगेको हो । यसअघि २०७३ साउन १२ गते नेप्सेले अलटाइम हाइ रेकर्ड (१८८१.४५) बनाएको थियो । बिहीबार सो सेसनमा ५६ कम्पनीको ८० लाख ४८ हजार ७०९ रुपैयाँ बराबरको १६ हजार १८१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

भैरहवा । नेपालमा उत्पादित स्टिलजन्य उत्पादन एक महिनादेखि भारत निर्यात हुन सकेको छैन

सरकारले बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न बनायो तीन सदस्यीय समिति

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन

विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित

धनुषा । मधेस प्रदेश सरकारको बजेट विपक्षी दलको बहिष्कारबीच पारित भएको छ ।

बैकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले