राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा बस्नेत नियुक्त



काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिए ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समिति गठनको सिफरिसमा बस्नेतलाई नियुक्त गरिएको हो । सरकारले २०७२ सालमा राष्ट्रिय युवा ऐनमार्फत युवाको क्षेत्रमा काम गर्नका लागि परिषद् गठन गरेको हो ।

परिषद्ले अहिले युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । यसअघि परिषद्को कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल थिए । झापा दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । बस्नेतले अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष, सचिव र प्रवक्ता जिम्मेवारी सम्हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार