यस्तो छ नेपाली युवाले बनाएको ‘विद्युतीय बाइक’



बुटवल । बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल सोमबार प्रदर्शन गरिएको छ । परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोखरेललार्ई सम्मान गर्दै सामुदायिक विद्यालयका विद्यार्थी हरेक कार्यमा उत्कृष्ट हुनुको उदाहरण मोटरसाइकल निर्माण कार्य भएको बताइन् । उनले यस्ता विद्यार्थीलाई उपमहानगरपालिकाले समेत प्रोत्साहन गर्ने बताइन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्थायी घर भएका सागरले करिब एक लाख १० हजार खर्च गरेर मोटरसाइकल तयार गरेका हुन् । हजुरबुबा मोतिलाल, बुबा अनन्तमणि, आफ्नो नाम सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट मोटरसाइकलको नाम एमएएसबी राखेको पोखरेलले बताए । ब्याट्री लिड एसिड प्रयोग भएको मोटरसाइकलमा करीब ४८ भोल्ट डिसी पावर छ ।

हाल १०० किलोमिटरसम्म दूरी गुड्न सक्छ भने पिक अप ४० किलोमिटर प्रतिघण्टा दौडिनसक्ने पोखरेलले बताए । यसअघि रोबर्ट, एक्साभेटर, फ्रिज, फोटोकपी मेसिनहरु समेत बनाएका पोखरेलले विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङ तथा ७५० वाटको इलेक्ट्रिक मोटर प्रयोग गरेको बताए । पोखरेल पढाइमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतको भनाइ छ । पोखरेलको मनोबल बढाउन विद्यालयले आज सम्मान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लघुकथा: एनिभर्सरी डे

प्रभादेवी पौडेल। बसुन्धरा र रघुको बिहे भएको पनि आज चालिस बर्ष पुगेछ। धन्दा

विश्वभरका तेह्र हजार परीक्षार्थीलाई पछि पार्दै मानन्धर बनिन् सर्वाेत्कृष्ट

काठमाण्डौ, संयुक्त अधिराज्य, बेलायत(UK)को चार्टड सर्टिफाईड एकाउन्टेन्स(ACCA) ले डिसेम्वर २०२१ मा सञ्चालन गरेको

नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

ककनी । कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटाको समृद्धिका लागि

यतिबेला योगेश स्वच्छ हुन सक्लान् तर मौका अनुसार बोली र विचार फेर्ने भएपछि पत्याउन गाह्रै होला

नारायण गाउँले ।  योगेश भट्टराईले ओली सरकार चरम भ्रष्ट, राष्ट्रघाती र संविधानविरोधी भएको