राष्ट्रपति र प्रधानमन्त्रीबीच के विषयमा भयो कुराकानी ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली मंगलबार विहान साढे १० बजेतिर शीतलनिवास पुगेका थिए । सरकारका कामकारवाही, ओलीको अभिब्यक्ति र पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीले आधा घण्टा राष्ट्रपतिसँग छलफल गरेका थिए ।
भेटमा के कुराकानी भयो भन्ने बाहिर आएको छैन । पार्टी स्थायी समिति बैठक सुरु हुनुअघि प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । आफूलाई हटाउन भारत सक्रिय भएको भनी प्रधानमन्त्रीले एउटा सार्वजनिक कार्यक्रममा बताएपछि भारतमा समेत त्यसलाई चासोको रुपमा हेरिएको छ । नेपाली कांग्रेसले त प्रधानमन्त्रीको भनाईको नेकपाले
प्रष्टीकरण दिनुपर्ने बताएको छ ।