प्रधानमन्त्रीको श्री ३ शैलीको अधिनायकवाद आफ्नै लागि घातकः अध्यक्ष लोहनी



डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा ।
सम्माननीय प्रधानमन्त्रीजी

१. विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईँलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईँको आरोप पढियो ।

२. तपाईको विश्लेषण गलत छ किनभने तपाईँलाई हटाउन तपाईँ आफैं कसिएर लाग्नु भएको छ एक पटक शान्त भएर आफूले आफूले हेर्नुस् थाहा पाउनु हुनेछ ।

३. ठिक कुरामा जनता र दलहरुले तपाइँलाई सधै साथ दिएका छन् । तपाईँले भद्र भलाद्मी प्रतिपक्ष पाउनु भएको छ जो तपाईँको हत्तपत्ति बिरोध गर्दैनन् । नयाँ नक्साको बारेमा तपाइँको पार्टी र अन्य सबै पार्टी तथा आमनेपाली जनताले तपाईँलाई साथ दिएका छन् । विचार गर्नुस् कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन र संसदबाट सिमाना सम्बन्धी प्रस्ताव निर्विरोध पारित हुने थिएन । यो देख्ता देख्तै अरुलाई विदेशीबाट संचालित भन्नु तपाईँ बाहेक अरु कोही नेपालमा देशभक्त छैनन् भन्नु हो । यो भनाइले तपाईँ सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ । आफू बाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टिकोण तपाईँको कमजोर र हतास मनस्थितिको परिचायक हो ।

४. तपाईँको बिरोध तपाईँ को श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी संस्कार, भ्रस्टाचारलाई राजनीतिको प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न छुट दिने तपाईँको नवसामन्ती प्रवृत्तिको कारणले हो । प्रजातन्त्रको नाममा आजको नयाँ पिँढीले तपाइँको भारदारी शासन स्वीकार गर्दैनन् । यदि म गल्ती हँु भने तपाईँले ओम्नी काण्ड , यति जग्गाकाण्ड, वाइडबडी जहाज कमिसन काण्ड , न्यारोबडी हवाई जहाज काण्ड, सुन काण्ड , एनसेल काण्ड जस्ता अनकौंको न्यायिक छानबिन गर्ने घोषणा गर्नुस् । साथै सबै दलका नेताहरुको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने हिम्मत गर्नुस् । तर यो दुई बर्षमा सबैले देखिसके तपार्इँ यो नवसामन्तवादमा अडेको “ नौलो बहुदलीय भारदारी जनवाद “ अन्त गर्ने नैतिक हिम्मत तपाइँमा छैन । त्यसैकारण तपाईँका शुभचिन्तकहरु पनि तपाईँबाट देश चल्दैन भन्ने निचोडमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छः श्रममन्त्री भण्डारी

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि हुने शोषण

कात्तिक दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई

माओवादीको प्रश्नः नियम अरुले मान्नपर्ने, मन्त्रीहरुले चाहिँ किन मान्नु नपर्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने