विकास समितिको सदस्यबाट दीपक मनाङेले दिए राजीनामा



पोखरा । गण्डकी प्रदेश सांसद दीपक मनाङेले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिका सभापति दीपक कोइरालालाई आइतबार राजीनामा बुझाएको उनले जानकारी दिए । क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकोले राजीनामा दिएको उनले बताए ।

कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा बारम्बार कुरा उठाएको उनले बताए । संघीयताको मर्मविपरित् प्रदेशका मन्त्री माथिबाट चुनिएर आउँदा प्रदेश सांसदले मन्त्री चुन्ने आफ्नो अधिकार प्रयोग गर्न नपाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी

प्रचण्ड-नेपालबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ

गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदवहाली

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पदवहाली गरेका छन् । सोमबार गुरुङले