सेनालाई विवादमा तान्ने काम नगरौंः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले सेनालाई विवादमा तानेर मनोबल गिराउने काम नगर्न आग्रह गरेका छन् । औषधि खरिद प्रकरणमा सेना विवादमा तानिएपछि बिहीबार ट्वीट गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

थापाले ट्विट गर्दै भनेका छन्, ‘राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट हुनु हुँदैन । सेनाको मनोबल गिराउने काम गर्नु हुँदैन । सार्वजनिक खरिद जस्तो सरकारको नियमित काममा सेनालाई प्रयोग गर्दा स्वभावतः अनाबश्यक विवाद हुन्छ । भविष्यमा यस्तो गल्ति नदोहरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको