कोरोना रोकथाम तथा उपचारका लागि बजेट पर्याप्त नरहेको कांग्रेसको ठहर



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बिहीबार ल्याएको आगामी आर्थिक बर्षको बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको ठहर गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले अहिलेको असामान्य अवस्थामा पनि सरकारले सामान्य बजेट ल्याएको भन्दै बजेट कार्यान्वयन गर्ने आधार नदेखिएको ठहर गरेको हो ।

कोरोना नियन्त्रण रोकथाम र यसबाट उकास्ने तथा उद्योगी व्यवयासीहरुलाई बजेटले सम्बोधन गर्न नसकेको कांग्रेसको निष्कर्ष छ । बैठकपछि कांग्रेसका मुख्य सचेतक बालकष्ण खाँणले राजस्वको लक्ष्य पनि पुरा हुने नदेखिएको र सरकारले बाह्य तथा आन्तरिक ऋण लिने लक्ष्य पनि लिएको र त्यसको प्रभाव बजेटको आयमा देखिने बताए ।

उनले नेपालको उद्योग धन्दा कृषि लगाएतलाई सरकारले बिशेष सम्बोधन गर्नुपर्ने धारणा राखे । कोरोना रोकथाम र उपचारका लागि बिजियोजित बजेट पनि पर्याप्त नरहेको खाँणले बताए ।

बैठकमा कांग्रेस सभापति देउवाले बजेट छलफलका क्रममा गम्भीर रुपमा आवाज उठाउन सांसदहरुलाई निर्देशन दिएका थिए । बैठकमा काग्रेसले बजेटका बारेमा अर्थबिद्हरुसंग पनि छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा