सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने पोशाकलागयतका सामग्री स्वदेशमै उत्पादन गरिने



काठमाडौँ । सरकारले सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने सामग्री स्वदेशमै उत्पादन गर्ने भएको छ । त्यसका लागि सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने सामग्री स्वदेशमा नै उत्पादन गर्ने बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/ ७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकको पोसाक, जुत्ता र अन्य उपभोग्य सामग्री स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइने बताएका हुन् ।

त्यसका लागि साना तथा मझौला उद्योगलाई विकास र विस्तार गर्न सीपको विकास र प्रोत्साहन गर्नका लागि बजेट व्यवस्था गरिएको मन्त्री खतिवडाले बताए । स्वदेशी वस्तुको उपभोगका लागि स्वदेशी कपडा उद्योग, धागो उद्योगलाई प्रोत्साहन गरिने मन्त्री खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारेर शिक्षित युवालाई नेतृत्वमा पुर्याउनुपर्छ

डा. युवराज संग्रौला । सन् १९०९ मा सांघाइमा युथ भन्ने पत्रीका प्रकाशित गर्ने

लघुकथा: चालक

प्रभादेवी पौडेल। -“गुरु जी हजुरले कति बर्ष भयो गाडी चलाउॅन लाग्नु भएको ?राम्रो

कहिलेसम्म युवा भनेको लठैत हो भन्ने अर्थ लाग्ने काममा प्रयोग हुने ?

डा. युवराज संग्रौला । देशको विकास सजिलो हुँदैन । तर हामीले थुप्रै देशको

हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै

लण्डन । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग