जनार्दन शर्माले बोल्दा कांग्रेस सांसदले होहल्ला गरेपछि…
काठमाडौं । पश्चिम रुकुममा भएको घटनाको विषयलाई लिएर नेकपा सांसद जनार्दन शर्माले बोल्दै गर्दा कांग्रेस सांसदले होहल्ला गरेका छन् । नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा, नेकपाकी पार्वतीकुमारी विशुंखे र समाजवादी पार्टीकी रेणुका गुरुङले बोलेपछि सभामुख अग्नि सापकोटाले गृहमन्त्री रामबहादुर थापालाई समय दिएका थिए ।
सभामुखले समय दिएपछि जनार्दन शर्माले समय माग गरेका थिए । शर्मा बोल्दा कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए । कांग्रेस सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेको भन्दै होहल्ला गरेका थिए । कांग्रेस सांसदको होहल्लापछि शर्माले सभामुखले दिएको समयमा बोल्न किन नपाउने ?’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।