सरिता गिरीको अभिव्यक्ति रेकर्डबाट हटाउन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको माग
काठमाडौं । राप्रपा निकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले भारत र चीनलाई नसोधी नक्सा सार्वजनिक गर्न नहुने भन्दै सांसद सरिता गिरीले संसदमा दिएको अभिव्यक्तिको विरोध गरेको छ । संगठनका अध्यक्ष महेश बहादुर सिंहले विज्ञप्ति जारी गरी गिरीको त्यस्तो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
उनले स्वतन्त्र मुलुकले आफ्नो देशको नक्सा सार्वजनिक गर्न कसैलाई सोध्नु नपर्ने भन्दै सरकारलाई तत्काल अतिक्रमित भूमि समिटिएको नक्सा सार्वजनिक गर्न माग गरेका छन् ।