सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्न सरकारलाई सांसदहरुको सुझाव



काठमाडौं । सांसदहरुले सीमा समस्या समाधान र कोराना महामारीपछि उत्पन्न हुने परिस्थितिको सामना गर्न सरकारलाई तयार रहन आग्रह गरेका छन् । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतद्वारा अतिक्रमित भूमि फिर्ताका लागि कुटनीतिक पहल र कोरोना महामारी नियन्त्रणका लागि गम्भीर भएर लाग्न आग्रह गरेका हुन् ।

बैठकमा सांसद रमेशजंग रायमाझीले राष्ट्रियता र लोकतन्त्र अपहरणमा परेकाले समस्या समाधानका लागि सरकार गम्भीर नदेखिएको आरोप लगाए । उनले भारतसँगको सीमा समस्या समाधानका लागि सम्पूर्ण राजनीतिक दलहरुले साथ दिँदा पनि सरकारले वार्ताको पहलसमेत नगरेको आरोप लगाए ।

गर्न नसकेको उहाँले बताउनुभयो । रायमाझीले प्रधानमन्त्रीको कार्यशैलीले लोकतन्त्र अपहरणमा परेको बताउनुभयो । सांसद भैरवसुन्दर श्रेष्ठले सुगौली सन्धी विपरित भारतले नेपालको सीमाना अतिक्रण गरिरहेको भन्दै परराष्ट्रमन्त्री र प्रधानमन्त्रीस्तरमा समस्या समाधानका लागि वार्ता गर्न सुझाव दिए । उनले प्रधानमन्त्रीस्तरको वार्ताबाट पनि समस्या समाधन नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताए । सांसद शेखर कुमार सिंहले नेपाल भारत सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरे ।

भारतबाट नेपाल भित्रिएका नागरिकमा कोरोना संक्रमण देखिएको उल्लेख गर्दै उनले सरकारले यसको व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताए । सांसल खिमलाल भट्टराईले भने कोरोना संक्रमणबाट देशलाई जोगाउन भएका सरकारी प्रयासहरु सार्थक भएको दाबी गरे । विभिन्न अस्पतालमा आइसोलेसन वार्ड आइसियुको व्यवस्था हुनु, हरेक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिनु सरकारका सकारात्मक प्रयास भएको दाबी गरे । खुला नाकाबाट लुकेर नेपाल प्रवेश गरिरहेको अवस्थाले भोलि भयावह स्थिति आउने भन्दै सीमा क्षेत्रमा अलपत्र नागरिकरुको उचित व्यवस्थापन गर्न उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा

सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप

चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा

नारायणकाजी भन्छन्-अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक लाग्दैन

भरतपुर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र

संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छ

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सकिएको छैन । त्यसका