निषेधित क्षेत्रमा चिनियाँ नागरिकको प्रदर्शन शंकास्पदः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निषेधित क्षेत्र सिंहदरबार अघि प्रदर्शन गर्ने चिनियाँ नागरिकको कार्य शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेका छन् ।
शनिबार ट्वीट गर्दै अध्यक्ष थापाले घर जान चाहेको भए दूतावास अगाडि प्रदर्शन गर्नुपर्नेमा सिंहदरबार अगाडि प्रदर्शन गर्नु शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेका हुन् ।
उनले लेखेका छन्, ‘निषेधितक्षेत्र सिहंदरबार अघि प्रदर्शन र प्रहरीलाई आक्रमण गर्ने चिनियाँहरुको कार्य शंकास्पद र रहस्यमय छ । घरजान चाहेको भए चिनियाँ दूतावास अघि प्रदर्शन गर्नुपथ्र्यो । फर्कन चाहने बिदेशीलाई नेपालले रोकेको छैन । विमान चार्टर गरेर विभिन्न देशले आफ्ना नागरिक लगेका छन् । यसवारे सरकारले छानबिन गरोस्।’
शुक्रबार स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकले सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए । त्यसक्रममा चिनियाँ नागरिकले प्रहरीलाई समेत कुटपिट गरेका थिए । घटनापछि त्यसमा संलग्न चार जनालाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ भने अरुलाई छाडेको छ ।