सांसद ‘अपहरण’ घटनाको यथार्थ जानकारी गराउन नेम्वाङको माग



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा जानकारी गराउनु पर्ने बताएका छन् ।

शुक्रबार संसदको छैठौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधिसभामा सम्बोधन गर्दै नेम्वाङले यथार्थ संसदले थाहा पाउनु पर्ने बताएका हुन् । उनले संविधान कार्यान्वयन गर्नु दलहरुबीच सहमति आवश्यक रहेको र शान्ति प्रक्रियासम्बन्धी विधेयक टुंगो लगाउनु पर्ने बताए ।

विश्वव्यापी महामारी बनेको कोरोनाको असरलाई न्यूनिकरण गर्न अहिलेको अधिवेशनले महत्वपूर्ण काम गर्नुपर्ने र त्यससँगै पहिलेदेखि संसदमा दर्ता भएर बसेको विधेकलाई टुंगोमा पुयाउनुपर्ने उनले बताए ।

पूर्व बजेट छलफल, सरकारको नीति तथा कार्यक्रममा गम्भीर छलफल हुने उनले विश्वास व्यक्त गरे । नेम्वाङले सरकारले लकडाउन समयमै गरेका कारण अहिले नेपालमा कोही पनि भेन्टिलेटरमा नरहेको बताए । उनले सरकारले लकडाउनका कारण विदेशमा रहेका नेपालीलाई छिट्टै फिर्ता ल्याउने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छः श्रममन्त्री भण्डारी

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि हुने शोषण

कात्तिक दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई

माओवादीको प्रश्नः नियम अरुले मान्नपर्ने, मन्त्रीहरुले चाहिँ किन मान्नु नपर्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने