आन्तरिक समझदारीबाट यो काम भए अतिसुन्दरः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद समाधान भएकोमा खुसी व्यक्त गरेका छन् । आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले अहिले अस्थिरता सिर्जन गर्नु उपयुक्त नभएको भन्दै आन्तरिक समझदारीबाट यो काम भए अतिसुन्दर हुने बताएका छन् ।

उनले उत्तर, दक्षिण वा पश्चिम जहाँकहाँबाट भएपनि अन्तरिक मामिलामा बाह्य प्रभाव निम्त्याउने काम भने गलत भएको बताएका छन् । अध्यक्ष थापाले लेखेका छन्, ‘जे भयो राम्रै भयो।अहिले अस्थिरता सिर्जनागर्नु उपयुक्त थिएन । आन्तरिक समझदारीबाट यो काम भएको भए अति सुन्दर हुने थियो । यही काम दक्षिणी आकाशवाणी वा रिमोट कन्ट्रोलबाट भएको भए कोलाहल हुने थियो । उत्तर,दक्षिण वा पश्चिम जहाककबाट भएपनि आन्तरिक मामिलामा बाह्य प्रभाव निम्त्याउने कार्य गलत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजैको मितिदेखि कम्युनिष्ट एकताका थालनी भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्

एमाले सरकारमा जान तयार

भक्तपुर ।  नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न

भत्कियो वर्तमान सत्ता गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता

भूपू बेलायती गोर्खा सैनिकका मागबारे हुने वार्तालाई निष्कर्षमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई बेलायती भूतपूर्व गोर्खा