संसद अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहान प्रधानमन्त्री र सभाभुखबीच भेटवार्ता भएको हो ।
भेटमा संसदको बजेट अधिवेशन आव्हान गर्ने बारेमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्षको बजेज ल्याउन सरकारलाई दवाव छ एक महिना भन्दा लामो लकडाउनले अर्थव्यवस्था अस्तव्यस्त भएको बेला अर्थमन्त्रालय बजेट ल्याउने तयारीमा जुटेको छ ।