सत्ताधारीहरुबाट प्रहरी संगठनको चरम दुरुपयोगः अध्यक्ष लोहनी



१. हालै मात्र पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले आफूलाई अपहरणशैलीमा सत्ता पक्षले महोत्तरीबाट काठमाडौँ ल्याई आफ्नो इच्छाबिरुद्धको राजनैतिक क्रियाकलापमा साथ दिन धम्की दबाब दिएकोले यो अपराध बिरुद्ध कारबाही गरि पाउँ निवेदन उजुरी दिन जाँदा प्रहरीले उजुरी दर्तासम्म पनि गरेन । यो घटनाले नेपालको शान्ति सुरक्षाको एउटा मुख्य खम्बा रहेको प्रहरी प्रशासनलाई आफ्नआफ्नो निहित स्वार्थ को लागि निर्लज्ज तरिकाले प्रयोग गर्न नेपाल सरकार उद्दत रहेको स्पस्ट छ ।

२. आमजनताको मनमा देशको संसद र भूपुमन्त्री जस्तो महत्व पदमा पुगेको नेतालाई समेत सत्ताधारीहरु दबाब र धम्की दिई आपराधिक काम गर्न तयार हुन्छन् । भने आमजनताले अब प्रहरी प्रशासनबाट के न्याय र सुरक्षा पाउलान् भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ । नेपाली जनताले तिरेको करबाट नेपाली जनतालाई न्याय र सुरक्षा दिलाउने प्रहरी संगठनको यो सत्ताधारीहरुबाट चरम दुरुपयोग हो । यसबारे छानबिनको माग गर्नु र यस्तो अपराध हुन नदिनु हामी जुनसुकै दलमा लागेको भएपनि एक भएर अवाज उठाउनु आजको कर्तब्य हो ।

डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राप्रपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली जनतालाई सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला

माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः प्रचण्ड

ढोरपाटन (बागलुङ)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी

लेखा समिति सभापतिले अमनलाल मोदीलाई भाइरल हुन यूट्यूबर लिएर आएको भनेपछि…

काठमाडौं । अरु दिनको जस्तै सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा पनि नेकपा माओवादी

मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि महासेनानीको पदावधि थप्ने लगायतका यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता