प्रकोप प्रतिरोधी बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिएकी छन् । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिएको सन्देशमा राष्ट्रपतिले नेपाल भूकम्प, बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले प्रकोप प्रतिरोधी बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पुर्याउनुपर्ने आवश्यकता औंल्याइन् ।

वि।सं। २०७२ वैशाख १२ गते ७ दशमलव ६ रेक्टरको विनाशकारी भूकम्प गएको दिनको स्मरण गर्दै राष्ट्रपतिले सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्दै अभियानका रूपमा भवन निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकृष्ट पनि गराएकी छन् । उनले प्राकृतिक विपद्ले ल्याएको सङ्कटका बेला दिनरात नभनी, दुःख–कष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूपू बेलायती गोर्खा सैनिकका मागबारे हुने वार्तालाई निष्कर्षमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्रालयलाई बेलायती भूतपूर्व गोर्खा

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक

सडक व्यापारीमाथि जननिर्वाचित नयाँ पुस्ताका प्रतिनिधिको विप्ल्याटो व्यवहार भएको भन्दै बालेनलाई अधिकारकर्मीहरुको खुलापत्र

काठमाडौं । अधिकारकर्मीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सडक व्यापारीसँग माफी माग्न आग्रह

प्रधानमन्त्रीद्वारा देउवा र ओली भेट, टिआरसी विधेयकका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउने विषयमा