सरकारले जिम्मेवारी र जवाफदेहिताको गति बढाउन नसके मुलुकको स्थिति भयावहः कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सरकारले जिम्मेवारीपूर्ण काम नगरे मुलुकमा भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार भिडियो सन्देश जारी गर्दै सरकारले कोरोना भाइरसले निम्त्याएको कठिन परिस्थितिमा जिम्मेवारी र जवाफदेहिताको गति बढाउन नसके मुलुकमा भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका हुन् ।

शर्माले कोरोना भाइरस संक्रमण थप फैलिन नदिन व्यापक परीक्षण गर्नुपर्ने र जनतालाई भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । अहिले भावनामा बगेर बोल्ने समय नभए पनि कोठा भित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उनले बताए । उनले अप्ठ्यारोमा रहेका नागरिकलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि विपक्षी गठबन्धन एक ठाउँमाः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका

केपी ओली पार्टी एकता भंग गर्ने दिशामाः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसद्हरुमाथि विधान विपरित

खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा

नेपालको सूचना प्रविधिका क्षेत्रमा सहयोग गर्न इजरायल इच्छुक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई