किन ढिला भयो प्रधानमन्त्रीज्यू ? गोलीगठ्ठा बिना युद्ध लडिन्नः अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्ध लड्न आवश्यक औषधि, स्वास्थ्य उपकरण हालसम्म आयात नगरिएकोमा आपत्ति जनाएका छन् ।

स्वास्थ्य उपकरण र औषधिको अभावमा महामारीलाई परास्त गर्न संभव नहुने भन्दै अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।

‘कसरी ल्याउने, कसले ल्याउने भन्ने चर्चा ठूलो भए पनि स्वास्थ्य उपकरण, औषधि देश भित्रिएको छैन । किन ढिला भयो प्रधानमन्त्रीज्यू गोलीगठ्ठा बिना युद्ध लडिन्न । समस्या के हो ?’ बुधबार राणाले एक सन्देशमा भने ।

‘कोभिड–१९ महामारीको बेला विलम्ब गर्ने छुट हामी कसैलाई छैन । अरू ढिलाई नगरौं, सरकारलाई मेरो विनम्र आग्रह छ,’ उनले भने ।

विपन्नलाई राहत दिने क्रममा स्थानीय तहमा सडेगलेको सामाग्री वितरण गरिएको भन्दै राणाले आपत्ति जनाएका छन् ।

‘सिराहा, बाजुरा, बारा, जुम्ला जिल्लाहरूमा राहतको नाममा कुहिएको, म्याद नाघेको खाद्य सामाग्री वितरण गरिएको समाचार छ । किरा लागेको, गन्हाउने दाल, चामलबाट सर्वसाधारणलाई पखलासमेत लागेको छ,’ उनले भने ।

स्थानीय जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई दण्डित गर्नु पर्ने उनको माग छ । राणाले भने, ‘राहत कोषको दुरुपयोग, लापरवाही क्षम्य हुँदैन । छानवीन र दोषीउपर कारवाही आवश्यक छ ।’

राप्रपा अध्यक्ष राणाले वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूको समस्याप्रति सरकार निर्मम होइन, पूर्वतयारीका साथ जिम्मेवार हुनु पर्ने भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

‘कुवेत, मालदिभ्स, यूएईले आप्रवासी कामदार फिर्ता पठाउने निर्णय प्रक्रिया थालनी गरेको छ । नेपाली श्रमिक रहेका अन्य मुलुकले पनि यस्तो कदम चाल्ने नै छन्’ उनले ट्वीटमा भने ।

‘लाखौं कामदार नेपाल फर्कदा संक्रमण, क्वारेन्टाइन र रोजगारीको ठूलो चुनौति थपिनेछ । निर्मम हैन, पूर्वतयारी र जिम्मेवार सरकार चाहिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका

नेता कार्यकर्तालाई पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख