गोकुल बास्कोटाको प्रश्नः छानबिन चलेकैबेला कसैको मिथ्या आरोपमा मैले ल्याप्चेलाई दिनु पर्ने ?



काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाले आफूलाई कीर्तिनिधि विष्ट र केशरबहादुर विष्टसँग तुलना गर्दै आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका छन् ।

शनिबार ट्वीट गर्दै विष्टले भनेका छन्, एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रहरुलाई छानविन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ । सिंहदरवार जल्नासाथ कीर्तिनिधि बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कसले मैले जसरी राजीनामा दिएका छन ? अझ म अनैतिक र भ्रष्ट ?बात गर्छन् !

त्यस्तै उनले अर्को ट्वीट गर्दै भनेका छन्, पदमा टाँसिएर छनबिनमा काँडेतार हालेर लौ देखा पाईन हेरौ भनेको भए पो मुखमा रुमाल कोचेर बस्नु । छानबिन चलेकै बेला कसैको मिथ्या आरोपमा मैले ल्याप्चे लाईदिनुपर्ने ? घसिदिएको विष लाग्दैन, जिउ चिलाउने मात्र हो । लाग्न त पिउनु पर्छ,प्रियजन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई