ओमान र कुवेतमा रहेका नेपालीका बारेमा प्रधानमन्त्रीको चासो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरुसंग संवाद गर्ने क्रममा बुधबार साँझ ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले आफूलाई निश्चिन्त पार्नुभएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

नेपालीहरुले इमान्दार र परिश्रमीको रुपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा आफूलाई खुशी लागेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । त्यस्तै बुधबार दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा आफूले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्रीले बताएका छन् । केही दिनदेखि प्रधानमन्त्रीले नेपाली कार्यरत विदेशी मुलुकका सरकार प्रमुखलाई टेलिफोन गरी नेपालीहरुको बारेमा चासो राख्दै आएका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका

नेता कार्यकर्तालाई पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख