राप्रपा अध्यक्ष राणाको प्रश्नः भ्रष्टाचारको जानकारी प्रधानमन्त्रीलाई भयो कि भएन ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले स्वास्थ्य सामाग्री कसले ल्याउने भन्ने विवाद नगरी गुणस्तरीय सामाग्री तुरुन्तै आयात गर्नु पर्नेमा जोड दिएका छन् । भ्रष्टाचारको प्रश्नमा उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीविरुद्ध कानुनी कारवाहीको पनि माग गरेका छन् ।

‘अहिलेको प्राथमिकता अस्पताललाई चाहिने औषधि, भेन्टीलेटरजस्ता उपकरण हुन् । अग्रपंक्तिमा कार्यरत नर्स, डाक्टरलगायत स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामाग्री हुन् । अत्यावश्यक सामाग्री कुन निकायले ल्याउने भनेर लडाई गर्नुभन्दा तुरुन्त झिकाउनुपर्यो, सामाग्रीहरु गुणस्तरीय हुनुपर्यो,’ राप्रपा अध्यक्ष राणाले शनिबार भने ।

राणाले सरकारबाट भएको पटक–पटकको गल्ती र अनियमितताबारे टिप्पणी गरेका छन् । स्वतन्त्र प्रेस माथिको अवरोध र भ्रष्टाचारको जानकारी प्रधानमन्त्रीलाई भयो, भएन भनेर प्रश्न गरेका छन् । ‘सरकारका उपप्रधानमन्त्री, मन्त्री, सल्लाहकार, कर्मचारी भ्रष्टाचारमा मुछिएको खबर छ । प्रेस स्वतन्त्रताविपरीत अनलाइन पत्रिकामाथि अवैध अवरोधको समाचार छ । अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीज्यूसम्म पुग्यो कि पुगेन ? स्वास्थ्य सामाग्री खरीद प्रकरणमा अख्तियारमार्फत कानुनी कारवाही किन अघि बढेन ?’

अष्ट्रेलियालगायत अन्य मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले तत्काल योजना बनाउनु पर्ने उनको भनाइ छ ।

उनले ट्वीटमा भनेका छन्, ‘अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई घर फर्कन भनेपछि शिक्षा मन्त्रालयले कम से कम संयोजन गर्ने बताएको छ । यस्तो अवस्था रेमीट्यान्स क्षेत्रमा पनि आउनसक्छ । नेपाली भएका मुलुकमा समस्या आइपरे कसरी हल गर्ने भनेर सरकारले तत्कालै आपतकालीन योजना बनाउनु पर्दछ ।’

भारतबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्वारेन्टाइनका साथै सरकारले खाने, बस्ने उचित प्रबन्ध मिलाउनु पर्ने उनको माग छ । ‘त्यस्ता शिविरको पहरा प्रहरीद्वारा गराई क्वारेन्टाइन अवधिपछि घर फर्कने व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्दछ । नागरिकप्रतिको दायित्वबाट सरकार पन्छिन मिल्दैन,’ राणाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो