नागरिकलाई कोरोनाविरुद्ध एकजुट भई संयमित र धैर्य गर्न सभामुखको अपील



काठमाडौं । सभामुख अग्निप्रसाद सोपकोटाले लकडाउनको पालना गरेर घर भित्रै एकान्तबासमा बसेका नागरिकलाई संयमित हुन र धैर्य गर्न अपिल गरेका छन् । देश मात्रै नभई विश्व नै कोभिड–१९ का कारण विषम परिस्थितिमा भएकाले यस्तो बेला आफू, आफ्नो परिवार र समाजको सुरक्षाका लागि सजग हुन सापकोटाले अपिल गरेका हुन् ।

उनले ’’विश्वव्यापी रुपमा महामारीका रुपमा फैलीएको कोरोना भाईरसले विश्वलाई नै आक्रान्त बनाईरहेको छ, यस्तो स्थितिमा सरकारले यसलाई रोक्नका लागि भरमग्दुर प्रयत्न गरिरहेको छ, अहिले देशमा लकडाउन गरिराखिएको छ, सरकारले गरेका निर्णयहरु सकारात्मक छन्, ति निर्णयहरु पालना गर्न सहयोग गरेर कोरोना भाईरसका विरुद्ध एकजुट हुनका लागि म समस्त नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई हार्दिक अपील गर्दछु’’, भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अध्यक्ष पद दिने समूहमा जाने’ भनेको होइनः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको विषयमा सार्वजनिक समाचारप्रति उनको

प्रतिगमनविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने प्रचण्डको उद्घोष

चितवन । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ

‘प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्छन्’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र

अध्यक्ष प्रचण्डद्वारा पुराना वामपन्थी नेता कुँवरप्रति श्रद्धाञ्जली अर्पण

चितवन । पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार