तरुण दलद्वारा कालोबजारी र खाद्य वस्तुको कृत्रिम अभाव रोक्न माग



काठमाडौं । नेपाल तरुण दलले कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्तिमार्फत कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रिय समिति र सम्पूर्ण सदस्यलाई निर्देशन समेत दिएका छन् ।

छिमेकी मुलुक चीनबाट शुरु भएर विश्वका विभिन्न मुलुकमा माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सजग रहन तरुण दलले सबैमा आह्वान गरेको छ । एक अर्कासँग भेट हुँदा, हार्दिकता साटासाट गर्दा हात नमिलाउन र नमस्कार भनेर सम्बोधन गर्न आग्रह गर्दै उनले विद्यालय विश्वविद्यालय जस्ता समूहमा बसेर अध्ययन अध्यापन हुने ठाउँमा विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

एक अर्कामा रङ्ग लगाई सद्भाव साटासाट गर्दै मनाइनेले होली पर्वमा विगतका वर्ष जस्तो ठूला भिडभाड हुने र साङ्गितिक कार्यक्रम यो वर्ष आयोजना नगर्न नगराउन विभिन्न तहका तरुण दलका समितिलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

अध्यक्ष बस्नेतले कोरोना भाइरसबारे आम मानिसमा देखिएको त्रासलाई न्यूनीकरण गर्न, सम्बन्धित निकायबाट जारी गरेका आधिकारिक धारणा जानकारी गराएर समाजमा सचेतना फैलाउनेमा कार्यमा लाग्न सम्पूर्ण तरुणमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठाकुरको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने

सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार अन्तिम रुप दिइने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन बुधबार बिहान तेस्रोपटक बसेको सत्तारुढ

सत्तारुढ गठबन्धन किन उल्टो बाटो हिँड्न खोज्दैछ ?

योगेश भट्टराई । सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्न सुझाव दिएको

मन्त्री को हुने भन्ने कुरा प्रधानमन्त्रीमा भरपर्छः गगन थापा

चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री