युवाहरुलाई सीपसहितको रोजगारी दिन सकिए मात्रै समृद्धि सम्भवः मुख्यमन्त्री राउत



जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई सीपसहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले युवाहरुलाई सीप सहितको रोजगारीमा लगाउनु पर्ने बताएका हुन् ।

मानव संशाधन सबैभन्दा ठूलो शक्ति भएपनि त्यसलाई मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेकै कारण मुलुक गरिब भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले युवाहरुलाई सीप सहितको रोजगारी दिन सकिए समृद्धि सम्भव रहेको बताए ।

युवाहरुलाई सीपयुक्त बनाउन प्रदेश सरकार प्राविधिक विश्वविद्यालयको अवधारणालाई अघि बढाएको भन्दै उनले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएको जानकारी दिए ।

स्वारोजगारको नाउमा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गहरु सुविधा प्राप्त गर्न नसकेको टिप्पणी गर्दै उनले स्वरोजगारको लागि दिइने कर्जाको प्रक्रिया सहज गर्न कोषलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन