केन्यामा हेलिकप्टर दुर्घटना हुँदा पाँच अमेरिकीसहित सातको मृत्यु


बीबीसी । केन्याको उत्तरी क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेका अमेरिकी विदेश विभागले जनाएको छ । केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा एक पाइलट र छ यात्रु थिए ।

हेलिकप्टर बुधबार बिहान ९ः१३ बजे लोसाबा कन्जर्भेन्सीबाट साम्बुरु काउन्टीको इवासो न्यिरो क्षेत्रतर्फ जाँदै गर्दा माउन्ट ओलोलोक्वेको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ। अधिकारीहरूले हेलिकप्टरमा प्राविधिक समस्या आएको थियो वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे जाँच गरिरहेका छन् ।