गाजामा तत्काल निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड


न्युयोर्क । साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिँदै यस्तो सम्वेदनशील विषयलाई सामूहिक सजायको माध्यम वा राजनीतिक दबाबको औजारको रूपमा प्रयोग नगर्न सुझाएको छ ।

गाजा पट्टीको मानवीय अवस्थाबारे सुरक्षा परिषद्को आपतकालीन सर्तमा अरब समूहको तर्फबाट गरिएको सम्बोधनमा साउदी अरेबियाले यस्तो बताएको जनाइएको छ । प्यालेस्टिनी सवाल मध्यपूर्वमा द्वन्द्वको केन्द्रबिन्दुमा रहेको उल्लेख गर्दै साउदी अरेवियाले स्थायी शान्तिका लागि दुई–राज्य बीचको समस्या समाधान र पूर्वी जेरुसेलमलाई यसको राजधानी र सीमामा स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना आवश्यक रहेको पुष्टि गरेको छ ।

अरब समूहले बसोबास नीतिहरू, जग्गा जफत गर्ने, जबरजस्ती विस्थापन र नागरिकहरूलाई लक्षित गरी आक्रमण गर्ने विषयमा आफ्नो स्वीकारयुक्ति नभएको बताएको छ ।

साउदी अरेबियाले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली सार्वभौमिकता लाद्ने वा जेरुसेलम र यसका पवित्र स्थलहरूको कानुनी र ऐतिहासिक स्थितिमा परिवर्तन गर्ने प्रयास अन्याय पुर्ण भएको पुष्टि गरेको छ । अमेरिकी मध्यस्थता प्रयासहरू सहित स्थायी युद्धविराम प्राप्त गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रयासहरूको लागि आफ्नो समर्थनसमेत व्यक्त गरेको छ ।

अरब समूहको तर्फबाट, साउदी अरेबियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी ग्रहण गर्न र प्यालेस्टिनीको रक्षा गर्दै मध्य पूर्वमा शान्ति र स्थिरताको सम्भावनालाई समर्थन गर्ने अन्तर्राष्ट्रिय कानुनी कार्यान्वयन गर्न आह्वान गरेको छ ।