इजरायल र इरान युद्धविरामका लागि सहमत



बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालको वेबसाइट ट्रुथ सोसलमा एक सन्देश लेख्दै भनेका छन्, ‘युद्धविराम अब लागु भएको छ। कृपया यसलाई उलङ्घन नगर्नू।’

उनको टिप्पणी लगत्तै इजरायली सरकारले पनि ट्रम्पको युद्धविराम प्रस्तावमा आफ्नो सहमति भएको बताएको छ । एक विज्ञप्तिमा उसले भनेको छ, ‘युद्धविरामको कुनै पनि उल्लङ्घनको इजरायलले कडा प्रतिक्रिया दिनेछ।’

उसले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ । इरानबाट आफ्नो देशका निम्ति उत्पन्न ’दुईथरी खतरा’ – परमाणु अस्त्र तथा बलिस्टिक क्षेप्यास्त्र – निस्तेज पारिदिएको पनि इजरायलले जनाएको छ।

इरानको सैन्य नेतृत्वमा गम्भीर क्षति तथा दर्जनौँ सरकारी निसानाहरू ध्वस्त पारिदिएको उसले बताएको छ । केहीबेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरायली भूभागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरायलसँगको युद्धविराम सहमति आरम्भ भएको जनाएको छ ।

इजरायलको सुरक्षा सैन्यका अनुसार दुई घण्टाको अवधिमा ६ चक्रमा भएको हमलाले देशका विभिन्न क्षेत्रमा प्रहार भएको छ । इजरायलले त्यस्ता हमलामा दक्षिणी इजरायलमा ४ जनाको ज्यान गएको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि त्यस्तो युद्धविराम सहमतिको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इयु प्रमुख भोन डेर लेयनले अविश्वासको मतको सामना गर्दै

स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास

यूक्रेनको राजधानी कीभमा रातभर रूसी ड्रोन आक्रमण, दुईजनाको मृत्यु, दर्जनौं भवनमा क्षति

बीबीसी । यूक्रेनको राजधानी कीभमा रातभर चलेको रूसी ड्रोन आक्रमणमा परी कम्तीमा दुई

नेतन्याहू चाहन्छन् ट्रम्पले पाउन् नोबेल शान्ति पुरस्कार

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका

चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट

बेइजिङ । चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय