ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा



बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरेको छ । भारत र पाकिस्तानबीच गत महिना भएको युद्धविराम सम्झौतामा ट्रम्पले निर्णायक भूमिका खेलेको दाबी गर्दै पाकिस्तानले यस्तो घोषणा गरेको हो।

पाकिस्तानी सरकारले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भनेको छ, ‘हालैको भारत–पाकिस्तान संकटमा ट्रम्पको निर्णायक कूटनीतिक हस्तक्षेप र नेतृत्वको सम्मानस्वरूप उनलाई नोबेल शान्ति पुरस्कार दिनु उचित हुन्छ।’

तर भारतले अमेरिकाले कुनै पनि प्रकारको मध्यस्थता नगरेको स्पष्ट पारेको छ। भारतीय सरकारका अनुसार गत महिना भएको द्वन्द्व अन्त्यमा तेस्रो पक्षको भूमिका थिएन, र भारतलाई यस्तो कूटनीतिक हस्तक्षेप स्वीकार्य छैन।

राष्ट्रपति ट्रम्पले यसअघि पटक–पटक आफूले नोबेल शान्ति पुरस्कार पाउनु पर्ने बताउँदै आएका छन्। नोबेल शान्ति पुरस्कारको यो वर्षको विजेता अक्टोबर महिनामा घोषणा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यूक्रेनको राजधानी कीभमा रातभर रूसी ड्रोन आक्रमण, दुईजनाको मृत्यु, दर्जनौं भवनमा क्षति

बीबीसी । यूक्रेनको राजधानी कीभमा रातभर चलेको रूसी ड्रोन आक्रमणमा परी कम्तीमा दुई

नेतन्याहू चाहन्छन् ट्रम्पले पाउन् नोबेल शान्ति पुरस्कार

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका

चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट

बेइजिङ । चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय

जलवायु परिवर्तनका कारण युरोपको तापक्रम चार डिग्रीसम्म बढी

पेरिस । युरोपमा हालै जलवायु परिवर्तनका कारण चार डिग्री सेल्सियससम्म बढी भएको वैज्ञानिकहरूको