इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी



तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्य स्थलहरू सहित एक सय वटा लक्ष्यमा आक्रमण गरेको छ । साथै आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इजरायललाई उसले आक्रमणका लागि ‘कटु र पीडादायक’ भाग्यको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । इरानी मिडियाका अनुसार आक्रमणमा एक वरिष्ठ गार्ड कमान्डरको पनि मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ प्रतिक्रियामा एक सय वटा ड्रोन प्रक्षेपण गरेको र तिनलाई इजरायली रक्षा प्रणालीले रोक्न कोशिश गरिरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई उनलाई  इजरायली आक्रमणको पूर्व जानकारी रहेको बताउनुभएको छ । इजरायली सेनाका अनुसार आक्रमणमा दुई सय वटा लडाकू विमान संलग्न थिए । ट्रम्पले तेहरानसँग ‘आणविक बम राख्न सक्दैन’ भनी पनि जोड दिए ।

संयुक्त राज्य अमेरिकाले पनि इजरायली कारबाहीमा संलग्न नभएको स्पष्ट गरेको छ र तेहरानलाई आफ्ना कर्मचारी वा स्वार्थहरूमाथि आक्रमण नगर्न चेतावनी दिएको छ ।

तर तेहरानले इजरायलको अपरेसन ‘संयुक्त राज्य अमेरिकाको समन्वय र अनुमति बिना गर्न सकिँदैन’ भन्दै संयुक्त राज्य अमेरिका ‘परिणामका लागि जिम्मेवार हुनेछ’ भनेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको अपरेसनले ‘इरानको आणविक संवर्धन कार्यक्रमको मुटु’मा प्रहार गरेको र नतान्जका आणविक सुविधा र आणविक वैज्ञानिकहरूलाई लक्षित गरेको बताए ।
उनले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यूक्रेनको राजधानी कीभमा रातभर रूसी ड्रोन आक्रमण, दुईजनाको मृत्यु, दर्जनौं भवनमा क्षति

बीबीसी । यूक्रेनको राजधानी कीभमा रातभर चलेको रूसी ड्रोन आक्रमणमा परी कम्तीमा दुई

नेतन्याहू चाहन्छन् ट्रम्पले पाउन् नोबेल शान्ति पुरस्कार

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका

चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट

बेइजिङ । चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय

जलवायु परिवर्तनका कारण युरोपको तापक्रम चार डिग्रीसम्म बढी

पेरिस । युरोपमा हालै जलवायु परिवर्तनका कारण चार डिग्री सेल्सियससम्म बढी भएको वैज्ञानिकहरूको