युक्रेन हुँदै युरोपमा रूसी ग्यास पारवहन बन्द



किएभ । रुस र किएभले युक्रेनमार्फत युरोपमा रुसी ग्यास पारवहन रोकिएको बताएका छन् । यसले दशकौँ पुरानो व्यवस्था समाप्त गर्दै छिमेकी देशहरूबीचको युद्धको नवीनतम क्षतिलाई दर्शाएको छ ।

रुसी ग्यास सन् १९९१ मा सोभियत सङ्घको अन्त्यदेखि युक्रेन पार गर्ने पाइपलाइनहरू मार्फत युरोपमा आपूर्ति गरिएको थियो । यो व्यवस्थाबाट मस्कोले ग्यासबाट र किएभले पारवहन शुल्कबाट आम्दानी गर्थे ।

रुसले सन् २०२२ मा आक्रमण गरेपछि युक्रेनले सम्झौता विस्तार नगर्ने निर्णय गरेसँगै पछिल्लो पारवहन सम्झौता बुधबार समाप्त भयो ।
किएभले रूसी ग्यास पारवहनको अन्त्यलाई ‘ऐतिहासिक घटना’ का रूपमा स्वागत गर्दै यसले रूसको वित्त र यसको युद्ध मेसिनलाई धक्का दिने बताएको छ ।

तर मस्कोले यसलाई युक्रेनले आफ्नै खुट्टामा गोली हानेको र रुसी आपूर्तिमा निर्भर पूर्वी युरोपका साझेदारहरूलाई निराश बनाएको बताएको छ ।

ती देशहरू मध्येको एक स्लोभाकियाले यस कदमको आलोचना गरेको भए पनि पोल्यान्डसहित युरोपेली सङ्घ (इयु) भित्रका अरूले यसलाई स्वागत गरेका छन् ।

सन् २०२३ मा इयुको ग्यास आयातमा रुसी ग्यासको हिस्सा १० प्रतिशतभन्दा कम थियो । यो युद्धअघि ४० प्रतिशतभन्दा बढी थियो । तथापि ब्लकका केही पूर्वी सदस्यहरू अझै पनि रुसी आयातमा धेरै निर्भर छन् ।

– ऐतिहासिक घटना –
“हामीले रूसी ग्यासको पारवहन रोकेका छौँ”, यसलाई ‘ऐतिहासिक घटना’ भन्दै युक्रेनका ऊर्जामन्त्री जर्मन गालुस्चेन्कोले विज्ञप्तिमा भनेका छन्, “रुसले आफ्नो बजार गुमाउँदै छ, यसले आर्थिक नोक्सान भोग्नुपर्नेछ ।”

रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले छुट्टै विज्ञप्तिमा भनेको छ, “बिहान ८ः०० बजेदेखि (०५०० जिएमटी) युक्रेनमार्फत रुसी ग्यास आपूर्ति गरिएको छैन ।”

कम्पनीले युरोपमा युक्रेन पार गरेर आफ्नो ग्यास ढुवानी गर्ने ‘प्राविधिक र कानूनी अधिकार’ गुमाएको बताएको छ ।

पूर्वी युरोपका खरिदकर्ताहरू आपूर्ति रोकिने तयारीमा रहेका बेला मङ्गलबार युरोपेली प्राकृतिक ग्यासको मूल्य एक वर्षमा पहिलो पटक प्रति मेगावाट घन्टा ५० युरो (५१.७८) माथि पुगेको छ ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले बुधबार यो कदमको निन्दा गर्दै युरोपले यसको मूल्य चुकाउने चेतावनी दिएका छन् । “युक्रेन हुँदै ग्यास ढुवानी रोक्नुले इयुमा हामी सबैलाई गम्भीर असर पार्नेछ तर रूसी सङ्घमा होइन”, फिकोले फेसबुकमा भिडियो सन्देशमा भनेका छन् ।

फिकोले सन् २०२३ मा सत्तामा फर्किएपछि इयु र नाटो सदस्य स्लोभाकियालाई क्रेमलिनको नजिक पुर्याएका छन् ।

रुसी ग्यास आयात नगर्ने र किएभको सबैभन्दा मुखर समर्थक पोल्यान्डले यस कदमको स्वागत गरेको छ । विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीले एक्समा एक पोस्टमा ‘फिनल्यान्ड र स्विडेनमा नाटो विस्तारपछि नयाँ विजय’ भएको बताए ।

धेरैजसो रुसी ग्यास कृष्ण सागर पाइपलाइन मार्फत प्राप्त गर्ने हङ्गेरी यस कदमबाट धेरै प्रभावित नहुने देखिन्छ । कृष्ण सागर वैकल्पिक मार्ग हो र यसले टर्की र बाल्कन हुँदै युक्रेनलाई छल्छ ।

ब्रसेल्सले रूसी ग्यास आपूर्तिको नोक्सानले २७ सदस्यीय ब्लकमा पर्ने प्रभावलाई कम महत्त्व दिएको छ । “आयोगले एक वर्षभन्दा बढी समयदेखि विशेष रूपमा युक्रेनमार्फत रुसी ग्यास नभएको परिदृश्यका लागि तयारी गरिरहेको छ”, ब्रसेल्सले भनेको छ ।

आक्रमणका बीच रुसी तेल र ग्यास खरिद गर्न जारी राख्ने देशहरू विरुद्ध किएभले रुसको आक्रमणलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।

ऊर्जा राजस्व रुसको सरकारी वित्तका लागि महत्त्वपूर्ण छ । पश्चिमी प्रतिबन्ध र खरिद कटौतीको दबाबको सामना गर्दै मस्कोले आफ्नो आकर्षक निर्यातलाई पश्चिमबाट एसियातिर पुनर्निर्देशित गरेको छ ।

भुक्तानी बारेको छुट्टै विवादमा ग्याजप्रोमले बुधबार मोल्डोभामा ग्यास आपूर्ति रोक्ने बताएको छ र चिसीनाउले सम्भावित विद्युत् आपूर्तिलाई लिएर आपतकाल घोषणा गरेको छ ।
रुसले मोल्डोभालाई रुसको समर्थनमा ट्रान्सनिस्ट्रियाको विभाजित क्षेत्रमा पाइप ग्यास आपूर्ति गर्दछ । मोल्डोभाले आफ्नो धेरैजसो बिजुली रुसी ग्यास प्रयोग गर्ने ट्रान्सनिस्ट्रियामा आधारित विद्युत् केन्द्रबाट प्राप्त गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम। अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि

अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी