चीनद्वारा इयुको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँच विस्तार



बेइजिङ । चीनले बुधवार युरोपेली सङ्घ (इयु) बाट आयात गरिएको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँचलाई ‘मामिलाको जटिलता’ का कारण विस्तार गर्ने बताएको छ । यसले बेइजिङ र ब्रसेल्सबीचको व्यापारिक गतिरोधलाई लम्ब्याएको छ ।

इयुले चिनियाँ विद्युतीय सवारी अनुदानको अनुसन्धान गरेपछि जनवरीमा चीनले केही इयु ब्रान्डी आयातमाथि अनुसन्धान सुरु गरेको थियो । बेइजिङले सुरुमा ब्रान्डी अनुसन्धान जनवरीमा समाप्त हुने बताएको थियो तर वाणिज्य मन्त्रालयले अब यो अप्रिल ५ सम्म चल्ने बताएको छ ।

मन्त्रालयले थोरै विवरण दिएको छ तर ‘यस मामिलाको जटिलता’ लाई ध्यानमा राख्दै ‘अनुसन्धान अवधि’ लम्ब्याइएको बताएको छ ।

चीनले नोभेम्बरमा घरेलु उद्योगमा ‘पर्याप्त क्षति’ हुने खतरा रहेको भन्दै गत महिना अस्थायी शुल्कको घोषणा गरेपछि इयुबाट आयात हुने ब्रान्डीमा ‘अस्थायी एन्टि–डम्पिङ उपायहरू’ लागु गर्ने बताएको थियो ।

इयुले विश्व व्यापार सङ्गठनमा यी उपायहरूलाई औपचारिक रूपमा चुनौती दिएको छ । इयुले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्सविरुद्धको जवाफी कारबाही जस्तो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ