दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु



साओ पाउलो । दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको बताउँदै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।

ब्राजिलको मिनास गेरैस राज्यमा भएको बस दुर्घटनामा सन् २००७ यताकै सबैभन्दा खराब दुर्घटना भएको संघीय राजमार्ग प्रहरी (पीआरएफ) ले एएफपीलाई जानकारी दिएको छ । नागरिक प्रहरीले ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नौ जनालाई अस्पताल भर्ना गरिएको छ ।

पीआरएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार ग्रेनाइटको एउटा ब्लक विपरीत दिशाबाट आउँदै गरेको ट्रकबाट खसेर बसलाई ठक्कर दिएको हुन सक्ने देखिएको छ ।” ट्रक चालक घटनास्थलबाट फरार भएको अग्निनियन्त्रकले बताएका छन् ।

अग्निनियन्त्रकहरूले सुरुमा बिहान ४ बजेतिर बसको टायर पड्किएपछि चालकले नियन्त्रण गुमाएर ट्रकलाई ठक्कर दिएको र पछाडिबाट आएको अर्को गाडीले पनि बसलाई ठक्कर दिएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनापछि साओ पाउलोबाट उत्तरपूर्वी बहिया राज्यको भिटोरिया दा कन्क्विस्टातर्फ जाँदै गरेको बसमा आगलागी भएको थियो ।

भग्नावशेषबाट जलेको अवशेष निकालेको दमकल विभागले केही घाइतेहरू भित्र फसेको जनाएको छ। मृत्यु हुनेमा एक बालक, बसका चालकसहित ३८ जना रहेका छन् । गत नोभेम्बरको अन्त्यतिर ब्राजिलको उत्तरपूर्वी राज्य अलागोसमा एउटा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र