सिरियाको पुनर्निर्माणका लागि विश्वले प्रतिबन्धको ‘पुनर्मूल्याङ्कन’ गर्नुपर्ने राष्ट्रसङ्घको भनाई



 

जेनेभा । राष्ट्रपति बशर अल–असदको पतनपछि देशको पुनर्निर्माणमा मद्दत गर्न सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पुनः मूल्याङ्कन गर्नुपर्ने संयुक्त राष्ट्रको आप्रवासन एजेन्सीका प्रमुखले बताएका छन् ।

एमी पोपले सिरियाका महिलाहरूलाई नयाँ समाज निर्माण गर्न र विध्वंस भएको राष्ट्रमा स्थिरता ल्याउन पूर्ण भूमिका खेल्न सशक्त बनाउनुपर्ने पनि बताइन् ।

असदलाई बहिर्गमन गराउने तीव्र आक्रमणको नेतृत्व हयात ताहरिर अल–शाम (एचटिएस) ले गरेको थियो । यो अल–कायदाको सिरिया शाखामा निहित छ तर हालै यसले मध्यम स्वर अपनाएको छ ।

नयाँ अधिकारीहरूले आफ्नो शक्ति कसरी प्रयोग गर्छन् भन्ने हेर्न पर्खंदै अन्तर्राष्ट्रिय समुदायले सिरिया वा एचटिएसका सदस्यहरूमाथिको प्रतिबन्ध हटाउन कुनै हतार गरेको छैन ।

“प्रतिबन्धहरूको सन्दर्भमा हामी वास्तवमै सबै प्रतिबन्धहरूको बारेमा कुरा गरिरहेका छौँः संयुक्त राष्ट्र प्रतिबन्ध, अमेरिकी प्रतिबन्ध, अन्य प्रतिबन्ध”, आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुख पोपले सिरियाको भ्रमण गरेपछि भनिन् ।

“तपाईं देख्न सक्नुहुन्छ कि समग्रमा प्रतिबन्धहरूले विशेष गरी कमजोर जनसङ्ख्यामा निकै महत्त्वपूर्ण प्रभाव पारेको छ । त्यसैले स्थितिको पुनर्निर्माण गर्न ती प्रतिबन्धहरूको पुनर्मूल्याङ्कन गर्नु आवश्यक हुनेछ”, जेनेभामा पत्रकार सम्मेलनमा उनले भनिन्, “मानिससँग ऋणमा पहुँच छैन । तिनीहरू नगदमा धेरै निर्भर छन् । मानिसहरूले कामका लागि पाइरहेका तलबहरू अत्यन्त कम छन् ।”

असदको पतनले दशकौँ लामो दुर्व्यवहार र वर्षौं लामो गृहयुद्धको अन्त्य गर्यो तर यसले अल्पसङ्ख्यकहरूको अधिकारका साथै महिला र अर्ध–स्वायत्त कुर्दिश क्षेत्रको भविष्यको बारेमा चिन्ता बढाएको छ ।

दमास्कसमा बिहीबार सयौँ प्रदर्शनकारीले लोकतन्त्र र महिला अधिकारको माग गरे । असदको बहिर्गमनपछिको यस्तो पहिलो विरोध प्रदर्शन थियो ।

पोपले भनिन्, “हामी… कार्यवाहक सरकारलाई महिलाहरूलाई सशक्त र सक्षम बनाउन जारी राख्न दृढतापूर्वक आग्रह गरिरहेका छौँ किनभने उनीहरू देशको पुनर्निर्माणका लागि पूर्ण रूपमा महत्त्वपूर्ण हुनेछन् ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहारबाट कुनै क्षति नभएको पुष्टि

दोहा । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ

सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने

दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको

इजरायलसँग युद्धविरामबारे सहमति नभएको इरानको भनाई

बीबीसी । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको