रुसबाट ५०३ युक्रेनी सेनाको शव फिर्ता ल्याएको किएभको भनाई



 

किएभ । किएभले शुक्रबार रुसबाट मारिएका ५०३ जना युक्रेनी सैनिक सदस्यको शव प्राप्त गरेको बताएको छ । यो लडाइँको उच्च मूल्य औँल्याउने पछिल्लो शव फिर्तीको घटना हो ।

सन् २०२२ मा रुसले आक्रमण गरेदेखि मस्को र किएभबीचको सहकार्यका केही क्षेत्रमध्ये कैदी र मारिएका सैन्य कर्मचारीहरूको शवको आदानप्रदान रहेको छ ।

“पाँच सय तीन जना युक्रेनी रक्षकको शव युक्रेन सरकारको नियन्त्रणमा रहेको इलाकामा फिर्ता गरिएको छ”, युद्धका कैदीहरूको उपचारका लागि समन्वय मुख्यालयले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा भनेको छ ।

शुक्रबार जनाइएको यो शव फिर्ती अक्टोबरयता ५०० वा बढी शव समावेश भएको कम्तीमा चौथो घटना हो र यसले रुसी आक्रमणको लगभग तीन पूर्ण वर्षमा लडिएका महँगा युद्धहरूको क्षतिलाई चित्रण गर्दछ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यस महिना सन् २०२२ फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा आफ्नो सेना पठाएयता ४३ हजार सैनिक मारिएको र तीन लाख ७० हजार घाइते भएका बताएका थिए ।

समन्वय मुख्यालयले शुक्रबार डोनेट्स्क क्षेत्रबाट चार सय तीन शव फिर्ता गरिएको बताएको छ । डोनेट्स्क क्षेत्रमा लडाइँको सबैभन्दा खराब स्थिति छ ।

बाँकी शव लुगान्स्क र जापोरिजिया क्षेत्रहरू र रुसया भित्रका शवगृहहरूबाट फिर्ता गरिएको छ । क्रेमलिनले २०२२ को अन्त्यतिर दक्षिणी खेर्सन क्षेत्रसँगै यी तीन क्षेत्र आफूमा गाभेको दाबी गरेको थियो तर कुनै पनि क्षेत्रमाथि पूर्ण नियन्त्रण छैन ।

रुसले आफ्ना शवहरूको फिर्तीको घोषणा गर्दैन वा युक्रेनमा लड्दा मारिएका आफ्ना सैनिकहरूको अद्यावधिक सङ्ख्या दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम। अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि

अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी