क्रोएसियाको विद्यालयमा भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु, ६ जना घाइते



जाग्रेब। क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु भएको र एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० बजे प्रेच्को एलिमेन्टरी स्कूलमा भएको हो । उनीहरूले आक्रमणकारीलाई ‘युवा पुरुष’ भनी वर्णन गरे र उनलाई पक्राउ गरिएको बताए ।

स्वास्थ्यमन्त्री इरेना ह्रिस्टिकले आक्रमणकारी १८ वर्षभन्दा माथिको भएको बताए । यद्यपि मिडियाले उनी १९ वर्षका भएको बताएको छ ।

क्रोएसियाली मिडियाले प्रकाशित गरेको भिडियो फुटेजमा बालबालिकाहरू स्कुलको भवनबाट भागेको र मेडिकल हेलिकप्टर स्कुलको आँगनमा अवतरण गरेको देखाइएको छ ।

प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले सरकारी बैठकको सुरुआतमा आक्रमणबाट ‘स्तब्ध’ भएको बताउँदै अधिकारीहरूले अझै के भयो भनेर पत्ता लगाउन काम गरिरहेको जानकारी दिए । उनले धेरै बालबालिकालाई जाग्रेबको विभिन्न अस्पतालमा लगिएको बताए ।

राज्यको एचआरटी टेलिभिजनले आक्रमणकारी स्कुलमा प्रवेश गरेको र आफूले फेला पारेको पहिलो कक्षाकोठामा गएर बालबालिकामाथि आक्रमण गरेको बताएको छ ।

क्रोएसियामा विद्यालय आक्रमणहरू दुर्लभ छन्। गत मे महिनामा छिमेकी सर्बियामा एक किशोरले राजधानी बेलग्रेडको एक विद्यालयमा गोली चलाउँदा नौ सहपाठी र एक विद्यालय गार्डको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ