मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ जनाको मृत्यु



सेन्ट–डेनिस डे ला रियुनियन, । फ्रान्सेली हिन्द महासागर क्षेत्र मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ जना व्यक्तिको मृत्यु भएका अधिकारीहरूले बताएका छन् ।

उक्त क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई र समुद्री मार्गबाट पठाइँदै छन् ।

अधिकारीहरूले सङ्कलन गरेको अस्थायी सूचीमा १४ जनाको मृत्यु भएको एक सुरक्षा स्रोतले एएफपीलाई बताएको छ ।

मेयोटको राजधानी मामुदजोउका मेयर अम्बादिलवाहेदोउ सौमाइलाले चक्रवातका कारण २४६ जना गम्भीर घाइते भएका बताए । अस्पताल तथा विद्यालयहरू प्रभावित भएका छन् । घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

कार्यवाहक आन्तरिक मन्त्री ब्रुनो रिटेललेउले भने,“शनिबार राति पेरिसमा सङ्कट बैठक पछि कम्तिमा २२६ किलोमिटर प्रति घण्टाको आँधीले यस क्षेत्रका धेरै बस्तीहरू पूर्ण रूपमा ध्वस्त गरेको छ । आँधीले बिजुलीका खम्बाहरू उडाइयो, रूखहरू उखेलियो साथै कम्तिमा एक तिहाइ जनसङ्ख्याको मृत्यु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

अमेरिकाले दियो इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको

बेलारुसका विपक्षी नेता तिखानोभ्स्की जेलबाट रिहा

वार्सा । बेलारुसका एक शीर्ष विपक्षी नेता सर्गेई तिखानोभ्स्कीलाई माफी दिएपछि जेलबाट रिहा