अफ्रिकामा एमपक्स सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो



आदिस अबाबा । अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ भने १२ सय जनाको मृत्यु भएको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) ले जनाएको छ ।

अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भन्नुभयो,“अफ्रिकी महाद्वीपमा वर्षको सुरुदेखि ६५ हजार ७११ एमपीक्सका घटनाहरू रिपोर्ट गरिएका छन्, जसमध्ये १४ हजार २४१ जनामा एमपक्स पुष्टि भएका छन् र एक हजार २३७ भन्दा बढीको मृत्यु भएको छ ।

अफ्रिकी सङ्घको विशेष स्वास्थ्य सेवा एजेन्सीको तथ्याङ्क अनुसार गत हप्ता मात्रै, अफ्रिकामा तीन हजार ५४५ नयाँ घटनाहरू रिपोर्ट गरेको छ ।

कासियाले अफ्रिकी महाद्वीपमा चलिरहेको एमपक्स प्रकोपका कारण मानिसहरू अझै मरिरहेका छन् । यसले हालसम्म २० देशहरूलाई प्रभावित पारेको छ ।

एमपक्स पहिलो पटक सन् १९५८ मा प्रयोगशालामा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा कम्तिमा ७० जनाको मृत्यु

लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको

एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्दै

सेन्जेन । एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) का लागि

इजरायल–हमास युद्धविराम आजदेखि सुरु हुँदै, यसरी छुट्नेछन् बन्धकहरु

बीबीसी । इजरायलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

वाशिङ्गटन । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल