जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने



टोकियो । जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ ।

सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ भने जनवरी सन् २०२७ देखि आयकर दर एक प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ । जापानमा अप्रिल सन् २०२६ देखि सुर्तीजन्य करहरू क्रमशः बढ्ने सम्भावना छ ।

प्रतिवेदनका अनुसार जापानले आर्थिक वर्ष सन् २०२७ देखि पाँच वर्षसम्म राष्ट्रिय रक्षामा कुल ४३ ट्रिलियन येन (लगभग २८४ बिलियन अमेरिकी डलर) खर्च गर्ने योजना बनाएको र सरकारले कर वृद्धि मार्फत वार्षिक एक ट्रिलियन येन थप संकलन गर्ने लक्ष्य राखेको छ ।

सरकार र सत्तारुढ दलहरूले आगामी वैशाखदेखि सुरु हुने आर्थिक वर्ष सन् २०२५ का लागि बृहत् कर सुधार योजनाको मस्यौदा तयार गरिरहेका छन् । कर वृद्धिको अन्तिम कार्यतालिका डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न हुने मस्यौदामा उल्लेख हुने अपेक्षा गरिएको प्रतिवेदनमा भनिएको छ ।

जापानको सैन्य बजेटको विस्तारले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा कम्तिमा ७० जनाको मृत्यु

लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको

एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्दै

सेन्जेन । एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) का लागि

इजरायल–हमास युद्धविराम आजदेखि सुरु हुँदै, यसरी छुट्नेछन् बन्धकहरु

बीबीसी । इजरायलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

वाशिङ्गटन । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल